नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा नमोबुद्ध नगरपालिका–१मा केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमार्फत नमोबुद्ध क्षेत्र एवं नगरका बारेमा जिज्ञासुलाई जानकारी दिइने छ । केन्द्र निर्माणका लागि कोइकाले रु २६ लाख र नमोबुद्ध नगरपालिकाले रु १० लाख लगानी गरेका नगरप्रमुख कुन्साङ लामाले बताए । 

frontline

केन्द्रसँगै स्थानीयस्तरमा उत्पादित जैविक सागसब्जी बिक्रीकक्ष पनि स्थापना गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here