नमुना काम सुरु गरेको छःसह सचिव घिमिरे – नीलकण्ठ नगरपालिका

नीलकण्ठ नगरपालिकाले नमुना काम सुरु गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिब सुमन घिमिरेले बताउनु भएको छ । मेयर उद्यमशिल कार्यक्रम, डिजिटल भिलेज प्रोफाईल निर्माण लगायतका कामहरु नगरपालिकाले गरेको भन्दै अन्य स्थानीय निकायले पनि यस्तो कामको सूरुवात गर्नुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री रोजगार कार्यक्रम र सुरक्षित आप्रवासन सामी परियोजनाले गरेको कामको विषयमा स्थलगत अनुगमन गर्नको लागि धादिङ आउनु भएका सह–सचिव सुमन घिमिरेले आप्रवासी श्रोत केन्द्रको समेत अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित र भरपर्दो बनाउनको लागि सबैले  सहयोग गर्नुपर्ने घिमिरले बताउनुभयो ।

frontline

नागरिकहरुलाई घरघरमै गई सेवा दिने काममा स्थानीय तहको प्रमुख भुमिका हुने भन्दै उहाँले सरकारले ल्याएको कार्यक्रमहरुलाई सफल बनाउनु सबैको जिम्मेवारी भएको समेत स्पष्ट पार्नुभयो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले प्रधानमन्त्री रोजगार कार्यक्रममा देखीएको समस्याहरुमा मन्त्रालयले सहिजकरण गर्नुपर्ने बताउनुभयो । एकद्वार नीति अन्तरगत स्थानीय तहलाई जिम्मेवारी दिने हो भने साझेदारीमा काम गर्न आफुहरु ईच्छुक रहेको समेत बताउनुभयो । 

कार्यक्रममा उपमेयर मनराज भण्डारी,वडा अध्यक्ष तथा प्रवक्ता गौतमहरी अधिकारी,होमनाथ रिजालले प्रधानमन्त्री रोजगार कार्यक्रममा देखीएको चुनौतीहरुको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाले धादिङमा सन्चालन गरेको चालु आर्थिक बर्षको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर  भिम प्रसाद ढुंगाना, उप प्रमुख मनराज भण्डारी, श्रम रोगगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिब सुमन घिमिरे,उप सचिब सुरेश रावत, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसिराम पौडेल, लेखा अधिकृत भुमिराज श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष तथा प्रवक्ता गौतमहरी अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष होमनाथ रिजाल, सामि हेल्भेटास बागमति प्रदेशका तरुणकान्त अधिकारी,सामी कार्यक्रम अधिकृत कमल रोकाय,सामी कार्यक्रम संयोजक दिनेश दुवाडी लगायत वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here