नगर प्रमुख शेख वकिल द्वारा ८०० सय परिवारलाई ग्यास सिलिन्डर वितरण

Exif_JPEG_420

मेवालाल यादव
असोज २० रौतहट
रौतहट जिल्लाकाे परोहा नगरपालिकाकाे-२ जिङडवामा ग्यास सिलिन्डर सेट वितरण गरिएको छ।
परोहा नगरपालिकाकाे नगर प्रमुख शेख वकिलको प्रमुख अतिथ्यमा प्रत्येक घरधुरीलाई ग्यास सिलिन्डर तथा चुल्हाे वितरण गरिएको हाे ।
नगर प्रमुखको चुनावी प्रतिबद्धता अनुरुप परोहा नगरपालिकाकाे-२ मा प्रत्येक घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । नगर प्रमुख शेखको अतिथ्यतामा धुँवामुक्त , ग्याँस सिलिन्डर तथा चुल्हाे वितरण कार्यक्रमको मैन बती बालेर उदघाटन गरीएको थियो।
नगर प्रमुख शेखद्वारा
प्रथम प्राथमिक्ता दलित बिपन्न , गरिब र अन्य समुदायका तथा आफ्नो नगरलाई धुवामुक्त गर्नलाई आज आइतवार देखि प्रत्येक घरधुरीलाई ग्यास सिलिन्डर तथा चुल्हाे सेट सहित वितरण गरिएको युवा नेता शेख नौसादले बताए ।
नगर प्रमुख शेखले सिलिन्डर , चुल्हो, रेगुलेटर, पाईप लाईटर लगायतका समान वितरण गरेको वडा अध्यक्ष शेख सेराजले बताए ।नगर प्रमुख शेखको भनाई अनुसार नगर भरिका घरपरिवारले अहिले पनि दाउराको प्रयोग गरी खाना पकाउने गरेको हो , त्यसका लागि धुवामुक्त कार्यक्रम अन्तर्गतमा खरिद गरिएको ग्यास सिलिन्डर तथा चुल्हाे सेट वितरण गरिएको हो।
पालिका भारीको करिब ७ हजार पाँच सय घर परिवारलाई उक्त ग्यास सिलिन्डर चुल्हो सेट वितरण गरिने छ । गत आर्थिक वर्षमा वडा नंं. १ का सम्पूर्ण घर परिवारलाई वितरण गरिएको तथा हाल वडा न. २ का करिव २ हजार ७० घरपरिवालाई वितरण गरिने तथा बाँकी सबैलाई एक दुई महिना भित्र वितरण गर्ने मेयर शेखले बताए ।
अहिलेको आधुनिक युगमा पनि गुईठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरु विभिन्न रोगको शिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारणले ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याईएको नगर प्रमुख शेख वकिलको भनाई रहेको छ ।
यस योजनाले गोबरबाट बनेको गुईठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरुको स्वास्थ्य सुधार हुने र धुँवामुक्त हुने विश्वास गरिएको इ. दिपेन्द्र यादवले बताए ।
पालिकाको वडा नं- २ को स्थानीय जनताहरुले ग्यास सिलिन्डर तथा चुल्हो सेट लगायतका सरसमानहरु पाउँदा हर्षित भएको स्थानीयले बताए ।
सो धुँवामुक्त कार्यक्रममा प्रमुख शेख ,बिधायक प्रत्याशी रामचन्द्र गिरि ,परोहा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत मो. मोहफुलअहमद , इन्जिनियर दिपेन्द्र यादव ,वडा नं २ का वडा अध्यक्ष , वडा सदस्य , जनप्रतिनिधि , पत्रकार , सशस्त्र प्रहरी, नेपाली सेना तथा नेता कार्यकार्ताहरुको उपस्थिति रहेको थियोे ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here