नगर प्रमुख यादवले गरे मन्दिरको शिलान्यास

मेवालाल यादव,

१ माघ, रौतहट । रौतहटको माधव नारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादवले पर्खालको शिलान्यास गरेका छन् ।

frontline

माधव नारायण नगरपालिकाका वडा नं. ९ गढोमा नगर प्रमुख यादवले आज शनिवार बाबा गरिब नाथ त्रिलोकी नाथको महादेव मन्दीर परिसरको चौतर्फि पर्खालको शिलान्यास गर्नु भएको हो ।

माधव नारायण नगरपालिकाको ११ लाख लागतको लगानीमा निर्माण हुन् लागेको बाबा गरिब नाथ मन्दिर परिसरको चौतर्फि पर्खाल निर्माणको लागि टोलका स्थानियहरुले लामो समय देखि मांग गर्दै आएका थिए पर्खाल शिलान्यास भएपििछ स्थानिय भक्तजनहरु खुसि व्यक्त गरेका हुन् । सो बाबा गरिब नाथ मन्दिर पौरानी रहेको तथ्य स्थानियले बताएका छन् ।

स्थानियका अनुसार बाबा गरिब नाथ मन्दिर आएर भित्री आत्माले जे माग्ने गर्छन त्यो पाउने उनिहरुको भनाईरहेको छ ।

भक्तजनहरुको माग अनुसार बाबा गरिब नाथ मन्दिर को शौन्दर्यमा नगरपालिकाबाट र आफ्नो व्यक्तिगत तर्फबाट जेजति सहयोग हुन्छ त्यसमा म हरदम तत्पर रहने नगर प्रमुख यादवले प्रतिवद्धता व्यक्त गरे ।

नगर प्रमुख यादवका अनुसार सो निर्माण कार्यहरु २ महिना भित्रमा नै सप्पन् पुरा गर्ने पनि प्रतिवद्धता जनाए ।

शिलान्यास कार्यक्रममा वडाअध्यक्ष जितेन्द्र कुश्वाहा, जसपा नेपालका प्रदेश समिति सदस्य श्यामबिहिरी यादव, सो वडाका वडा सदस्यहरु, संचारकर्मी लगायतको सर्वसधारणहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here