नगर प्रमुख कौशल्या देवीले चुनावी प्रतिबद्धता अनुसार कार्य गर्दै

मेवालाल यादव
मंसिर २७, रौतहट

frontline

रौतहट जिल्लाको ईशनाथ नगरपालिकाकि नगर प्रमुख कौशल्या देवीको बिशेष पहलमा योजना स्वरुप शिक्षा अन्तर्गत यस नगरपालिकाकाे सबै विधालयमा व्यवस्थापन समिती गठन गरी आवश्यक थप भवन र अन्य पुर्वाधारहरु निर्माण गर्नु नगर प्रमुख देवीले बताउनुभयो ।

स्वास्थ सेवा अन्तर्गत आम जनताहरुलाई निकैअप्ठ्यारो र दुख का साथ गरुडा,चपुर,गौर र बिरगंज उपचार अथवा चेक जाच गराउन जानेलाई असहज भइ रहेको हुनाले उक्त कामलाई पहिलो प्राथमिकतामा राखि नगरवासीहरुको लागी एम्बुलेन्स सेवाकाे व्यवस्था गरी, नगरपालिकामा १५ सैया बेडकाे अस्पताल निर्माण कार्यलाई विशेष प्राथमिकतामा राखी कार्य तीब्र गतिले काम अगाडी बढिरहेको वहाले बताएकि छिन ।
नगर भरीमा पोलतारकाे व्यवस्था गर्ने, कृषकहरुको लागि कृषि क्षेत्रमा लगानी गर्ने, शिक्षा स्वास्थ र पुर्वाधार निर्माणमा विशेष जोड दिइकि छिन । नगर भरीमा ठूला ठूला नगर स्तरीय योजनाहरुको नगर प्रमुखद्वारा शिलान्यास भएको निर्माण कार्य सम्पन्न भएको छ ।
नगरमा रहेको अस्पतालहरुको स्तर उन्नति गरिदै बर्थिङ्ग सेन्टरको संख्या बढाउनमा बिषेश जोड दिनुका साथै ल्याब चेक जाँच,डिजिटल भिडियो एक्सरे स्वास्थ बिभाग र मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पहल गरि करिब ५० लाख रकम बराबर लैबका सम्पूर्ण उपकरणहरु ल्याउन सफल भएकी छिन ।
ईशनाथ नगरपालिकाकि मेयर कौशल्या देवीलाई अगामी दिनमा पनि यस्तै शिक्षा ,स्वास्थ कृषि र पूर्वाधार तर्फका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी काम गर्नु पर्ने एक स्थानीयले बताए ।

नगर प्रमुखकि सराहनीय कार्यले विपक्षीहरु अहिले विभिन्न किसिमका षड्यन्त्र गरी झुठो आरोप्रत्यारोप लगाइ वहाँलाई बदनाम गराउन खोज्दै वहाका सल्लाहकार यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

poster-here