नगर प्रमुखको निष्क्रियताको कारण विद्यालयको दुर्दशा

मेवालाल यादव १६ असोज

frontline

मुलुकमा संघीयता आए पछि सवै क्षेत्रको विकास हुने भनी विस्वास गरिए तापनि संघीयताको मर्म भावना अनुसार निर्वाचित जनप्रतिनिधिहरुले कार्य गर्न सकेका छैन ! नेपालको संविधानले परिकल्पना अनुसार गाउ गाउमा सिंहदरवार आएको भएपनि जनप्रतिनिधिको रवैयाका कारण नेपाली जनता सिंहदरवारको अनुभूति गर्न सकेका छैन !
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले शिक्षा ,स्वास्थ्य ,कृषि ,सामाजिक क्षेत्रको विकास गर्ने भनी प्रतिवद्धता गरेपनि त्यों अनुसारको काम रौतहटमा देखिएको छैन ! शिक्षाको अवस्था दिन दिनै खस्किँदै गएको छ ! विद्यालयको पूर्वाधार प्रति स्थानीय तहले खासै लगानी गर्ने तरफ चासो देखाएको छैन !
संघीयता पछि भएको पहिलो स्थानीय तहको निर्वाचनको अवधी देखि लिएर दोस्रो पटक भएको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिको अवधी डेढ़ वर्ष वितिसक्दा पनि अधिकांश विद्यालयको अवस्था दयनीय नै रहेको छ ! जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ३ औरैयामा रहेको श्री महावीर प्राथमिक विद्यालयको अवस्था निकै दयनीय रहेको छ !
२०५१ सालमा स्थापना भएको उक्त विद्यालयको भौतिक पूर्वाधारको अवस्थामा खासै सुधार भएको देखिदैन ! जस्ताको ६ वटा कोठा ३ वटा ब्लाक भएको सो विद्यालयमा रजिस्टरमा दर्ता भए अनुसार २ सय ५० जना विद्यार्थी रहेका विद्यालयका प्राध्यानध्यापक राम आधार सहनीले जानकारी दिएका छन ! शिक्षकको आभाव र कक्षा कोठाको आभावको कारण बहु कक्षा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको दुःख पोखे !
संचारकर्मी संग कुरा गर्दै प्राध्यानध्यापक सहनीले २ जना स्थायी ,१ जना बाल विकास र १ जना राहत शिक्षकले जेन तेन गरी विद्यालय सञ्चालन गर्दै आएको सुनाए ! २ वता कोठा भएको एउटा व्लॉक प्रयोग बिहीन अवस्थामा रहेको बताउँदै ३ वता कोठामाँ कक्षा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको बताए !
तत्कालीन नगर प्रमुख संतोष मेहताको पालामा पनि विद्यालयको मरमरत सम्भारको लागि तागेदा गरेको र बर्तमान नगर प्रमुख कौशल्या देवी सिन्हालाइ पनि बजेट व्यवस्थापन गर्न आग्रह गर्दा पनि कुनै चासो नदेखाएको टिपण्णी गरे !
विद्यालयमा कम्पाउंड वाल नभएकोले स्थानीय बाल बालिकाले भएको संचरना पनि भत्काउने गरेको हुदा कम्पाउंड वाल अपरिहार्य रहेको बताए ! शौचालय पनि प्रयोग विहीन अवस्थामाँ देखिएको हुदा शिक्षक विद्यार्थीलाइ खुल्ला रुपमा शौच गर्नु पर्ने बाध्यता रहेको छ !
विद्यालयको मैदानमाँ माटो पुर्नु पर्ने जरुरी रहेको छ ! उनले भने खाल्डो भएकोले नालाको फोहर पनि विधयालयको हत्ता भित्र प्रबेश गर्ने गरेकोले विद्यार्थी तथा शिक्षक कर्मचारीलाइ आऊंन जान अप्ठ्यारो हुने गरेको छ ! बेंच डेस्क नहुँदा विद्यार्थीलाइ भुईमाँ बसाएर अध्यन गराउनु परिरहेको बताए !
प्राध्यानध्यापक सहनीले नगर पालिकाले समयमा खाजाको रकम भुक्तानी नदीदा उधारो लिएर खाजा खुवाउनु परेको गुनासो गरे ! अपुग रहेको शिक्षकको लागि नगरपालिका लाइ आग्रह गर्दा पनि अहिले सम्म शिक्षकको व्यवस्था गर्न नसकेको आरोप लगाए !
भवन निर्माण , कम्पाउंड वाल निर्माण , बेंच डेस्कको व्यवस्था , माटो पूर्णको लागि बजेट व्यवस्थापन गर दिन नगर प्रमुख संग अपील समेत गरेका छन ! नगर भित्रको विद्यालयको अनुगमन निरिक्षण एक पटक पनि नगर प्रमुख ,उपप्रमुखले नगरेको बताउँदै सहनीले विद्यालयको अवस्था हेर्न कुनै जनप्रतिनिधि नआएको उल्लेख गरे !
स्थानीय अभिभावकले विद्यालय सार्वजानिक सम्पति रहेकोले संरक्षण गर्ने तरफ कुनै सक्रियता नदेखाएकोले विद्यालयको सम्पति क्षति हुदै गएको जिकिर गरे ! विद्यालयमा भएका संरचनाको नस्ट गरिदा पनि कोही कसैले केहि गर्न नसकेको उहाको भनाइ रहेको छ ! विद्यालयमा देखिएको समस्यालाइ समय मै जिम्मेवार जनप्रतिनिधिले स्थलगत अनुगमन निरिक्षण गरी समाधान गर्नु पर्ने देखिन्छ !

प्रतिक्रिया दिनुहोस्

poster-here