नगरबासीको सेवामा हरदम लाग्नेछु ः नगरप्रमुख श्रेष्ठ

मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले नगरबासीको अपेक्षा र चाहाना बमोजिम कार्य गर्न नगरपालिका अहोरात्र लागि परेको बताउनुभएको छ । यो हप्ता फ्रन्टलाइन शो मा विशेष संवाद गर्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकामा विभिन्न खालका प्रभावशाली कार्यक्रमहरु लागु भइरहेको जानकारी गराउनुभयो ।

एतिहाँसिक महत्वका विभिन्न महत्वपुर्ण सम्पदाहरुले धनि मध्यपुरमा भुकम्प र विभिन्न कारणले क्षेति पुगेका सम्पदाहरुलाई पुननिर्माण गराउने काममा नगरपालिकाको विशेष सक्रियता रहेको उहाँको भनाई छ । चालु आर्थिक वर्षभित्र लगभग सबै सम्पदाहरुले पुनर्ताजगी प्राप्त गर्ने प्रतिबद्धता प्रमुख श्रेष्ठले गर्नुभयो ।

frontline

यस्तै शहरी भुभाग बढि समेटिएको यस नगरक्षेत्रमा उत्पादित फोहोरको उचित व्यवस्थापन गर्दै जापानको नगरपालिका संग सहकार्य गर्दै नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्दै विक्रि समेत गर्न थालेको उहाँले जानकारी गराउनुभयो । अहिले देशका आधा दर्जन बढि नगरपालिकाहरुमा यो अभ्यास भइरहेको उहाँको भनाई छ ।

यसैगरि नगरपालिकामा कोभिड १९ को व्यवस्थापनका लागि पनि निकै प्रभावकारी प्रयासहरु भएका छन् नगरप्रमुख श्रेष्ठले भन्नुभयो, डिसियु, आइसियु र भेन्टिलेटर सहितको अस्पताल पुर्ण क्षमताका साथ संचालन भइरहेको छ । कोभिड १९ संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि नगरपालिकामा विभिन्न जनचेतनामुलक कार्यक्रम, राहत वितरण, प्रभावकारी पिसिआर परिक्षण लगायतका कार्यमा नगरपालिका सक्रिय रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

संघिय राजधानीसंग जोडिएको जिल्ला भक्तपुरको केन्द्र मानिने मध्यपुर नगरपालिका विकास र समृद्धिको यात्रामा निकै सबल यात्रा गरिरहेको नगरपालिका मध्येको एक मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here