नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेमाथि छानबिन गर्न फेरि एक हप्ता म्याद थप

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेमाथि छानबिन गर्न फेरि एक हप्ताको म्याद थप गरिएको छ । महानगरको छानबिन समितिले म्याद थप गरेको हो ।

एसपी पाण्डेमाथि महिला नगरप्रहरी हवल्दारलाई सुत्केरी बिदा नदिएको तथा दुर्व्यवहार गरेको आरोप छ ।

frontline

गत पुस ८ गते महानगरले छानबिन गर्न समिति गठन गरेको थियो । अनुसन्धान नसकिएको भन्दै पहिलोपटक पुस २२ गते म्याद थप गरिएको थियो । सो म्याद अनुसार छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने थियो ।

तर, छानबिनका लागि प्रयाप्त समय नपुगेको भन्दै पुन: म्याद थप गरिएको समितिकी सदस्य कुमारी राईले बताइन ।

गएको मंसिर ९ गते ती महिला नगरप्रहरीले आफूलाई सुत्केरी बिदासमेत नदिएको र दुर्व्यवहार गरेको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसमक्ष निवेदन दिएकी थिइन् ।

एसपी पाण्डे नेतृत्वले घुस खाएको भन्दै पूर्वनगरप्रहरी लोकनाथ चुडाल पनि आरोप लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here