“नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम” सम्पन्न-महालक्ष्मी नगरपालिका
नगर प्रमुख श्री रामेश्वर श्रेष्ठको अध्यक्षतामा “नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम” सम्पन्न भयो । यस कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेल, वडा नं २ का वडा अध्यक्ष श्री रामबहादुर केसी, वडा नं ५का वडा अध्यक्ष श्री राजकुमार सिल्वाल, नगर शिक्षा समितिका सदस्य तथा शिक्षक महासंघका अध्यक्ष मीनबहादुर अछामी, नगर प्याब्सनका अध्यक्ष कैलासकुमार मल्ल, नगर एन्प्याब्सनका रमेश प्रसाद कोइराला, काठमाडौं मोडेल सेकेण्डरी स्कुलका वि.व्य.स. अध्यक्ष र प्रिन्सीपल, वडा नं १ देखि ५ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि शिक्षक र सहभागी विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा ३६ जना सहभागि विद्यार्थीहरूले नगरप्रमुख समक्ष नगरको शैक्षिक विकाससँग सम्बन्धित योजना, शैक्षिक संस्था नियमनसम्बन्धी कानून, विद्यार्थीहरूका लागि दिवा खाजा, Sanitary Pad वितरण, नगरको वातावरण र ऐतिहासिक सम्पदा संरक्षणसम्बन्धी नीति, नगरलाई शैक्षिक हब बनाउनका लागि भए गरेका पहलकदमी, जेहेन्दार र आर्थिक रुपमा असक्षम विद्यार्थीहरूका लागि छात्रवृत्ति, व्यवहारिक र व्यवसायिक शैक्षिक व्यवस्था र रोजगारीमूलक शिक्षा सम्बन्धी योजनाहरू, नगरपालिकाको कोभिड-१९ रोकथाम तथा नियन्त्रण अनुभव र भावी योजना, रोजगारी श्रृजना सम्बन्धी नगरपालिकाका कार्यक्रमहरू, नगरपालिकाको न्याय निरूपण विधि लगाएत विविध विषयमा प्रश्न गरेका थिए । नगर प्रमुखले विद्यार्थीहरूको हरेक जिज्ञासाहरूको सोही कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । विद्यार्थीहरूको जिज्ञासा सम्बोधन गर्नुसँगै उहाँले विद्यार्थीहरूलाई पढाइप्रति प्रोत्साहित हुँदै, रचनात्मक क्रियाकलापमा रुचि राख्ने, प्रविधिको उचित प्रोयोग गरी आफ्नो व्यक्तित्व, कला र क्षमतालाई निरन्तर वृद्धि गर्ने, सम्भावित दुरवेशनहरूबाट टाढा रहने र साथीहरुलाई समेत टाढा रहन मद्दत गर्ने जस्ता सुझावसमेत दिनुभएको थियो । उहाँले विद्यार्थीहरूलाई आगामी दिनमा बाल अधिकार र बालबालिकाहरूमा हुन सक्ने हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिने जानकारी दिनुभयो । त्यसै गरी उहाँले नगरप्रमुखसँग विद्यार्थी कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता प्रशंसनीय रहेको भन्दै उपस्थित विद्यार्थीहरूलाई धन्यवाद दिनुभएको थियो ।त्यसैगरी वडा नं ६ देखि १० सम्मका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम यही फागनु २८ गते गरिने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्