नगरपालिका संघद्धारा अन्तर्राष्ट्रिय साझेदारहरुसँग खोपका लागि पत्राचार

काठमाडौं । नेपाल नगरपालिका संघले आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरुसँग नेपालका लागि स्वास्थ सम्मग्री र कोरोनाविरुद्धको खोपका लागि पत्राचार गरेको छ ।

देशका प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारी नै खोप ल्याउन लागिपरिरहुनभएको यस अवस्थामा पनि नगरपालिका संघले साझेदारहरुलाई पत्राचार गरेको हो ।

frontline

संघले अन्तर्राष्ट्रिय नगरपालिकालाई खोप सहयोगका लागि पत्र पठाएको अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठले बताउनुभयो ।

धुलिखेल नगरपालिका प्रमुख समेत रहनुभएको उहाँले आफूले पत्र लेखेर विभिन्न देशका विभिन्न नगरपालिकासँग खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अनुरोध गर्नुभएको हो ।

संघले पनि आफ्ना अन्तराष्ट्रिय साझेदारहरुसँग नेपालका लागि खोप र स्वास्थ्य सामग्री सहयोगका लागि पत्राचार गरेको भन्दै उहाँले भन्नुभयो, ‘हामीले जसरी पनि नगरवासीलाई खोप दिनुपर्छ ।

हरेक नगरपालिकामा बस्ने नागरिकको स्वास्थ्यको जिम्मेवारी नगर सरकारको हुन्छ।

त्यसैले यो पहल गरेका हौं।’

उहाँका अनुसार बेलायत, क्यानडा, नेदरल्याण्ड, जर्मनीका नगरपालिका संघहरु, इयू, यूएसए, स्वीसलगायत राजदूतावाससँग खोपका लागि पहल गरिएको छ ।

खोप सामान्य पहलबाट आउन नसक्ने थाहा हुँदाहुँदै पनि आँफै खोप खरिद गर्न चाहने नगरपालिकाका लागि पत्राचार गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो,‘धेरै पालिकाहरुबाट हामी आफैं खोप किन्छौं भन्दै पत्र पठाउनुभएको थियो ।

त्यसको संयोजन गर्दै नगरपालिका संघले पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुर्याइसकेको छ, ।

स्थानीय तहमा तिव्ररुपमा संक्रमण फैलिएकाले अब भयावह स्थिति आउन नदिनका लागि यो पहल गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here