नगरपालिका संघको दिगो र उत्थानशिल शहर निर्माण विषयक अन्तक्र्रिया सम्पन्न

फ्रन्टलाइन, काठमाडौँ । नेपाल नगरपालिका संघको आयोजनामा दिगो र जोखिम उत्थानशील शहर निर्माण सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । भाद्र १२ र १३ गते गरि २ दिनसम्म धुलिखेलमा सम्पन्न सो अन्तक्र्रिया कार्यक्रममा प्रदेश १ बाट ७ वटा नगरपालिका र बागमती प्रदेशबाट ७ वटा नगरपालिका गरि १४ वटा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख एवम् प्राविधिक कर्मचारीहरुको सहभागिता रहेको थियो । साथै विभिन्न साझेदार संस्थाहरुका प्रतिनिधिहरु र नेपाल नगरपालिका संघका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।
प्राकृतिक विपद् एवम् जोखिम न्युनिकरण र प्रतिकात्मक अभ्याससंग सम्बद्ध विभिन्न विषयहरुमा विभिन्न संस्थाका विशेषज्ञहरुको महत्वपुर्ण प्रस्तुतीहरु रहेको सो कार्यक्रम नगरपालिकाहरुले विपद् र जोखिम न्युनिकरण सम्बद्ध रणनीति एवम् योजना निर्माणका लागि निकै उपयोगी थियो ।
कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट विपद् व्यवस्थापन चक्र, नीति÷ऐन र प्रकोप मुल्यांकन विषयक प्रस्तुती रहेको थियो भने विपद् व्यवस्थापन तथा कानुन विज्ञ, गृह मन्त्रालयका पुर्व उपसचिव बम्सी कुमार आचार्यले शहरी विपद् जोखिम लेखाजोखा तथा मुल्यांकन र शहरी विपद् जोखिम न्युनिकरण र उत्थानशिलता विषयका २ वटा महत्वपुर्ण प्रस्तुतीहरु राख्नुभएको थियो ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले भवन निर्माण संहिता र प्रावधान विषयक प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमको शुरुवातमा नेपाल नगरपालिका संघको तर्फबाट स्वागत, परिचय, कार्यक्रमको उद्धेश्य र पुर्व परिक्षणको कार्यक्रम गरिएको थियो भने अन्तमा प्रशिक्षण कार्यक्रमको मुल्यांकन तथा समापन गरिएको थियो ।
नेपाल नगरपालिका संघ विगत लामो समयदेखि स्थानिय सरकारको संवैधानिक व्यवस्था र नगरपालिकाहरुका विविध नीतिगत विषयमा पैरवी गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग, श्रोत परिचालन आदिमा योगदान दिंदै आइरहेको देशभरिका नगरपालिकाहरुको अभिभावक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here