नगरपालिका संघको अभिमुखिकरण तथा वागमती प्रदेश समिति गठन कार्यक्रम सम्पन्न

फ्रन्टलाइन, काठमाडौँ । देशभरिका समग्र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरु एवम् प्रमुख प्रशासकिय अधिकृत हरुलाई एक दिने अभिमुखिकरण तथा सुभकामना कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा हालै सम्पन्न सो कार्यक्रममा बागमती प्रदेशभरिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो ।
संघिय सरकारका शहरी विकास मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
बागमती प्रदेश अन्तर्गत रहेका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुख हरुलाई बधाई तथा सुभकामना आदानप्रदान एवम् नगरका प्रमुख प्रशासकिय अधिकृतहरु समेतलाई अभिमुखिकरण प्रदान गर्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको हो । साथै सोही कार्यक्रमका बिच नगरपालिका संघको वागमती प्रदेश तदर्थ समिति समेत गठन गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले नेपाल नगरपालिका संघको औचित्य, यसको प्रभावकारिता र यसको आगामी कार्यदिशाबारे प्रष्ट्याउनुभयो । कार्यक्रमको पहिलो सत्रमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेपाल नगरपालिका संघको तर्फबाट बधाई तथा सुभकामना प्रदान गरिएको थियो । साथै विभिन्न प्रतिष्ठित संघसंस्था हरुबाट आएका विज्ञहरु मार्फत नगरपालिकाको सुशासन, समृद्धि र विकास केन्द्रित अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरणमा नगरपालिकाको समग्र विकास, समृद्धि र जनताको जीवनस्तर वृद्धिमा जोड दिइएको थियो ।


यस्तै सोही समारोहका बिच नेपाल नगरपालिका संघ अन्तर्गतको बागमती प्रदेश तदर्थ समिति गठन गरिएको थियो । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको संयोजकत्वमा सो समिति गठन भएको हो । समितिको सहसंयोजकमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी चयन हुनुभयो भने अन्य विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख सदस्यका रुपमा चयन हुनुभयो ।

frontline


भव्य र उत्साहजनक ढंगले सम्पन्न भएको सो कार्यक्रमको समापन गर्दै नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जुले सम्पुर्ण नगरपालिकाको हित र समृद्धिलाई मुल प्राथमिकतामा राखि नेपाल नगरपालिका संघ अघि बढेको उल्लेख गर्नुभयो । नेपाल नगरपालिका संघ मुलुक भरका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अभिभावक संगठन हो । संघले निरन्तर समग्र नगरपालिकाको सर्वोपरि हित उपर कार्य सम्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here