नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि सखुवासभा बिचको सम्झौता खारिज गर्ने निर्णय

 जेठ ३१ गतेको ६९ औ नगर कार्यपालिकाको बैठकले बोयर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते गरेको सम्झौता खारिज गर्ने निर्णय 

बेलबारी। मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि सखुवासभा बिच बोयर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते गरेको सम्झौता खारिज गर्ने निर्णय गरेको छ । 

 ग्रो अर्गानिक कृषि .प्रालिले ठेक्का बापत जम्मा गरेको जमानत रमक जफत गरी प्रालिलाई कालो सुचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने निर्णय समेत गरेको नगरपालिकाका प्रबत्ता योगेन्द्र सुबेदीले जानकारी दिनुभयो । 

frontline

सुबेदीका अनुसार नगर कार्यापालिका सदसस्य बिन्दुकला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलको रुपमा रहेका नेकपा एमाले, नेपालि काग्रेस,नेकपा माओवादी केन्द्र र जनतासमाजबादी पाटी रहेका छन । 

ग्रो अर्गानिक कृषि प्रालि सखुवासभालाई ठेक्का बापत हाल सम्म कुनै प्रकारका रकम भुत्तानी नगरेको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here