नगरपालिका मेयरले चलाउने हो, सिडिओले होइन्-कार्यवाहक नगर प्रमुख खातुन

Exif_JPEG_420

facebook sharing button
twitter sharing button
linkedin sharing button
messenger sharing button
viber sharing button
sharethis sharing button

प्रमुख प्रशासकीय अधिकृतको बदमासीले कर्मचारीले पाएनन् तलबमेवालाल यादव

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले नगरपालिकाको कर्मचारीहरुको तलब सुविधा रोक नलगाएको स्पष्ट पारेकी छन् । 

frontline

बिहीबार सन्तपुर दोस्तियामा पत्रकारसँग कुरा गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको बदमासीले गर्दा नगरपालिकाका कर्मचारीहरूले अहिलेसम्म तलब सुविधा पाउन नसकेको उनले आरोप लगाइन् ।

फागुन ३ गते सम्पन्न भएको नगर सभाबाट स्वीकृति भएको वडास्तरीय बजेट सेलिङ्गमा ६० लाख उल्लेख रहेपनि २० लाख कटौती गरिएकोले प्रमुख प्रशासकीय अधिकृत, लेखापाल तथा वडा अध्यक्षहरुले आफुलाई कुनै पनि जानकारी नै नदिइ ७० लाख देखि ८० लाख सम्मको वडा सेलिङ्ग तयार गरेर रेडबुकमा हस्ताक्षर गर्न भनेको उनले बताइन् ।

कार्यवाहक मेयर खातुनले बजेट १३ करोड मात्र रहेको र छुट्याएको बजेटले रकम अपुग हुने भएको वडास्तरीय बजेट सेलिङ्ग तथा खर्चको लागत सुधार नगरे सम्म सम्पूर्ण रकम खर्च गरिने अधिकार प्रदान नगरिने जिकिर गरिन् ।

फागुन २३ मा प्रमुख प्रशासकीय अधिकृतलाई विद्युतको बाँकी रहेको ४ करोड, गत आर्थिक वर्षको भुक्तानी हुन बाँकी रहेको १ करोड ५० लाख, कर्मचारीको तलब खर्च गर्न अख्तियारी दिइएको चलानी नम्बर १०१५ को पत्रले पुष्टि भएको हो । १० महिनादेखि तलब नपाएको भन्दै नगर पालिकाका कर्मचारीहरुले बुधबार कार्यालयको कामकाज ठप्प गरी साँचो सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । 

कार्यवाहक नगरप्रमुख खातुनले प्रमुख जिल्ला अधिकारीमाथि आक्रोश व्यक्त गर्दै भनिन्, ‘नगरपालिका मेयरले चलाउने हो, सिडिओले होइन् । सिडिओको काम जिल्लामा शान्ति सुरक्षा कायम गर्नु हो ।’ उनले नगर प्रमुखमाथि कारबाही गर्ने अधिकार नरहेको समेत जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here