नगरपालिका कार्य कक्षमा बसेको वेला अख्तियार टोलीको छापामारी सम्बन्धमा जसपाको ध्यानाकर्षण
मेवालाल कुमार यादव
१६ फागुन, रौतहट । रौतहटमा देवाही गोनाही नगरपालिका को मेयरलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले रंगेहाथ रकम सहित पक्राउ गरेको थियो।
जनता समाजवादी पार्टी नेपाल रौतहटका नेता तथा देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेललाई मिति २०७८ फाल्गुण १५ गते वेलुकी अं.३÷४ वजेको समयमा नगरपालिकामा आफनो कार्य कक्षमा बसेको वेला अख्तियार दुरुपयोग अनुस न्धान आयोग काठमाण्डौंको टोलीले गरेको छापामारीको सम्बन्धमा हाम्रो ध्यानाकर्षण भएको छ।
नगर प्रमुख पटेललाई सुनयोजित ढङ्गवाट विपक्षीले चेक तथा नगद रुपैया सहित षडयन्त्र पूर्ण तरिकावाट फसाईएकोमा घटनाको सत्य तथ्य तथा निष्पक्ष रुपमा छानविन गर्न मांग गर्दै षडयन्त्रकारी व्यक्तिलाई पनि कानूनी दायरामा ल्याउन जोडदार रुपमा सम्बन्धीत निकाय समक्ष प्रेस विज्ञप्ती मार्फत मांग गर्दछौ ।
निष्पक्ष रुपमा छान विन गरिएन भन्ने आन्दोलन गर्न वाध्य हुने व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत सम्बन्धीत सबैमा जानकारी गराएको जिल्ला सचिव अरविन्द कुमार यादवको हस्ताक्षर सहित प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्