नगरपालिकाले-गरिदियो-कोरोना-संक्रमितको-शव-व्यवस्थापन

कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरुषको बुधबार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा संघीय सरकारले होम आइसोलेसनमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन परिवार आफैले गर्नुपर्ने भनेपछि नगरपालिकाले पहिलोपटक शव व्यवस्थापन गरेको हो ।

frontline

नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले कोरोना संक्रमणबाट नगरबासीको मृत्यु भए शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत गणेश गौतमले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका वडा नं. ५ निवासी ४७ बर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनी ७ दिन देखि होम आइसोलेसनमै रहेका थिए ।

हालसम्म तिलोत्तमाका ७ सय २६ जनालाई कोरोना संक्रमण भएकोमा ३ सय ९३ जना निको भएका छन् भने ३ सय २५ जना सक्रिय संक्रमित छन् । तिलोत्तमाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here