नक्कली महसहित ७ जना पक्राउ

२८ फागुन, राप्ती । चितवनमा प्रहरीले ठूलो परिमाणमा नक्कली महसहित ७ जनालई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भण्डाराले आज ९शुक्रबार० राप्ती नगरपालिका–५ भण्डारास्थित त्रिशुली होटलबाट ७६० लिटर नक्कली मह सहित ७ जनालाई पक्राउ गरेको हो ।

frontline

ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजिव गिरीका अनुसार  नक्कली मह बेच्दै हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले उनिहरु बसेको होटलमा छापा मारेको थियो । महको कारोबार गर्ने तराइ मुलका रहे पनि बिस्तृत बिवरण दिएको छैन ।

विगत केही महिना अगाडि देखि नक्कली महलाई सक्कली भन्दै बिक्री वितरण गर्दै आएको गिरोह त्रिशुली होटलमा बस्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here