धोविघाटस्थित कवाडी गोदाममा आगलागी, करिव ७ लाखको क्षति

सान्केतिक तस्बिर

२१ पुस, ललितपुर । ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा करिव ७ लाखको क्षति भएको छ। 

बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका-३ धोविघाट करिडोरमा भारतीय नागरिक कृष्ण कोदारले सञ्चालन गरिरहेको कवाडी गोदाममा आगलागी भएको थियो। 

frontline

आगलागीका कारण करिव ७ लाखको क्षति भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रवीण पोखरेलले बताए ।  आगलागीको सुचना पाएको दुई घण्टाभित्र आगालागी नियन्त्रणमा लिइएको उनले बताए।

विद्युत सर्ट भइ आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीका कारण मानवीय क्षति भने भएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here