धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । बुधवार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहेको छ ।

frontline

हाल देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here