धुलिखेल नगर सभाको अधिवेशन-स्वास्थ्य,खानेपानी, रोजगारी,पूर्वाधार क्षेत्र प्राथमिकतामा

कोभिड महामारीको नियन्त्रण तथा व्यवस्थापन र नागरिकहरुको उपचार, स्वरोजगार, आयआर्जन बृद्धी तथा गरिवी न्यूनिकरणलाई बजेटले प्राथमिकता दिएको छ । ‘आगामी आर्थिक वर्ष भित्र सय प्रतिशत खानेपानी उपलब्ध गराउने शहरका रुपमा धुलिखेललाई चिनाउने गरी बजेट विनियोजन भएको नगर प्रमुख अशोक श्रेष्ठ ब्याञ्जुले बताउनुभयो । उहाँले भन्नुभयो,‘५ हजार ५८५ घर धुरीमा खानेपानी सेवा उपलबध गराइसकेका छौं अब १ हजार १६७ घर धुरीमा निर्माण कार्य भईरहेको छ, त्यो पनि चाँडै नै सम्पन्न हुन्छ ।’धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब १५ करोड १५ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

बाँकी ३ सय घरधुरीका लागि आगामी आर्थिक वर्ष ३ करोड ६० लाख बजेट विनियोजन भएको उहाँले सुनाउनुभयो । नगरपालिकाले कुल विनियोजन बजेट मध्ये चालू खर्च तर्फ ५७ करोड ४५ लाख ७४ हजार अथार्त ४९.९० प्रतिशत र पूँजिगत खर्च तर्फ ५७ करोड ५४ लाख २६ हजार अथार्त ४९.९७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १५ लाख अथार्त ०.१३ प्रतिशत रकम विनियोजन भएको छ । त्यस्तै बजेटमा हरेक नागरिकहरुको परिवारमा एक घर–एक बैंक खाता नीति अनुरुप बैक खाता खोल्न नगरपालिकाले प्राथमिकतामा राखेको छ । धुलिखेल नगर, धुँवामुक्त शहर भन्ने कार्यक्रममार्फत दाउरा बालेर खाना बनाउने घर परिवारमा दाउरा विस्थापन गरी बैकल्पिक उर्जा प्रर्वद्धन गर्न विद्युत्तिय चुलो वितरण गरिने समेत बजेटमा उल्लेख छ ।‘रोग विरुद्धको चेतना व्यक्ति–व्यक्तिमा, रोगको उपचार बस्ति–बस्तिमा, कोरोना योद्धा पुरस्कार, स्वास्थ्य बीमा नगरको जिम्मा, पोषण स्वास्थ्यमा नगरको अग्रता, बालबालिका र महिलाको सहभागिता, निःशुल्क एम्बुलेन्स सेवा, विपदमा नगरपालिकाको साथ, समुदायमा कोरोना नियन्त्रण कार्यक्रम, कोभिड १९ नियन्त्रण सहकार्य, पोषण विशेष कार्यक्रम, विशेषज्ञ घुम्ति सेवाहरु, कोरोना विरुद्धको खोप, मानसिक रोग तथा मानसिक परामर्श, स्वास्थ्यका लागि ब्यायाम, हाम्रो स्वास्थ्य हाम्रो सरोकार रेडियो कार्यक्रम, आयुर्वेद सेवा विस्तार, स्थानीय जडिबुटी तथा औषधीजन्य खाद्य पदार्थको प्रर्वद्धन’ गर्ने गरी बजेट विनियोजन भएको छ ।

frontline

यता कोभिडलाई मध्यनजर गर्दै घर बसेर अध्ययन गर्ने बालबालिकाहरुका लागि सहज वातावरण बनाउने उदेश्यले रेडियो पाठशाला कार्यक्रम र सियुजी सिममार्फत फोनिङ कार्यक्रम संचालन गरी नियमित सिकाई सहजीकरण गर्ने, बहुकक्षा बहुस्तर शिक्षणपद्धती विस्तार गर्ने, शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई अझै सुधार गर्ने, यात्री शिक्षकको ब्यवस्था, विद्यार्थीसँग मेयर कार्यक्रमको निरन्तरता, स्नातक तहसम्मको शिक्षालाई नगरका नागरिकहरुलाई पूर्ण रुपमा निःशुल्क र अन्य जिल्लाका नागरिकहरुका लागि ५० प्रतिशत शुल्क मिनाहाको व्यवस्था गर्ने गरी बजेट विनियोजन गरेको नगर प्रमुख ब्याञ्जुले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here