धुलिखेलको ३५ औं स्थापना दिवस र बालमैत्री नगर घोषणा भव्य रुपमा सम्पन्न

फ्रन्टलाइन खबर, फागुन ५ । काभ्रेपलान्चोक ज़िल्लामा रहेको धुलिखेल नगरपालिकाले स्थापनाको ३५ औं वर्ष पूरा गरेको छ । सोही अवसरमा हालै नगरपालिकाले भव्य कार्यक्रम गरि स्थापना दिवस मनाएको छ । यही अवसरमा धुलिखेल नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको छ । संघीय सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सभापतित्व धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्यान्जुले गर्नुभएको थियो । यस्तै विशेष अतिथिको रुपमा पूर्व मन्त्री एवं नेकपा नेता गोकुल बाँस्कोटा उपस्थित हुनूहुन्थ्यो । यस्तै कार्यक्रममा नेपाल सरकारका सचिव लगायत बिभिन्न क्षेत्रका व्यक्तित्व, विभिन्न नगरपालिका, जिल्ला समन्वय समितिका प्रतिनिधि, स्थानीय नागरिक, विधार्थी लगायत हजारौंको संख्यामा सहभागिता रहेको थियो । कार्यक्रमका बीच आफ्ना भनाइ राख्दै नगरप्रमुख अशोक ब्यान्जुले नगरपालिकालाई समृद्दि र सफलता तर्फ अगाडी लैजान सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा पनि यसैगरि सक्रिय भएर जनताको सेवामा लाग्ने प्रण गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं मन्त्री प्रदीप ज्ञवालीले स्थापनाको ३५ वर्ष पार गरेको र बालमैत्री घोषित भएकोमा नगरपालिकालाई बधाई दिनुभयो । साथै वहाँले परिवर्तनका लागी ताजा जनादेशमा जानुको विकल्प नरहेको पनि जिकिर गर्नुभयो । यस्तै पूर्व मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको कदम आवश्यकीय र जनता हितका लागी भएको बताउनुभयो । कार्यक्रमका बीच नगरपालिकाका विभिन्न विधाबाट विभिन्न उत्कृष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ । कार्यक्रममा धुलिखेल नगरपालिकाका बिभिन्न विधालयका विधार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको शुरूवातमा नगरप्रमुख सहितको टोली सहित हजारौंको सहभागितामा झांकी र र्यालीले नगर परिक्रमा गरेको थियो । धुलिखेल नगरपालिका बालमैत्री घोषणा हुने देशकै छैठौं र काभ्रे ज़िल्लाकै पहिलो नगर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here