धानमा आत्मनिर्भर बन्दै इन्डोनेसिया, जंगल फँडानी रोक्ने निर्णय
२१ असोज, काठमाडौं । इन्डोनेसियामा आन्तरिक उत्पादनले चामलको माग धान्न थालेपछि सरकारले वन क्षेत्र फाँडेर धान खेतमा परिणत गर्ने निर्णय रोक्ने भएको छ ।
इन्डोनेसियाका जलवायुसम्बन्धी विशेष दूत हासिम जोजोहाडिकुसुमोले मंगलबार सरकारको रणनीतिक धान भण्डार करिब ५३ लाख टन पुगेको जानकारी दिँदै अब वन क्षेत्रलाई कृषि भूमिमा परिणत गर्ने योजना आवश्यक नरहेको बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्