धादिङ्गमा सवारी दुर्घटना, एक जनाको मृत्यु, ११ जना घाइते

५ पुस, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङ्गको बिहानी पम्पमा आज मंगलबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनामा वरी अन्य ११ यात्रु घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भयको हो ।

frontline

दुर्घटनामा परी मृत्यु हुनेमा माईक्रोमा सवार अन्दाजी वर्ष २८/२९ की महिला रहेको र उनको नाम, ठेगाना खुल्न सकेको छैन ।

दुर्घटनामा परी घाइते हुनेमध्ये चार जनाको अवस्था गम्भीर छ । सबै घाइतेलाई गजुरीस्थित सामुदायिक अस्पतामा उपचार गराई थप उपचारका लागि काठमाडौं पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here