धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

News Summary

Generated by OK AI. Editorially reviewed.

  • धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुरानो पुलमा क्षति पुगेपछि सवारी आवागमन पूर्णरुपमा बन्द भएको छ।
  • बागमती प्रदेश ट्राफिक कार्यालयले आवागमन रोकेर डाइभर्सनको काम सुरु गरिएको जानकारी दिएको छ।
  • नयाँ पुल निर्माणको क्रममा पुरानो पुलमा क्षति भएको अनुमान गरिएको छ।

१३ जेठ, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।

frontline

पुलमा क्षति भएपछि अहिले आवागमन रोकिएको र डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

बाटो नखुलिसकेकाले अहिले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

सोताङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ । पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान छ ।

पुरानो पुल चर्केको र साइडमा भ्वाङ समेत परेकाले अहिले सवारी आवागमन पूर्णरुपमा रोकेर डाइभर्सनको काम सुरु गरिएको एसपी सुवेदीले बताए ।

थाक्रे गाउँपालिका |धादिङ |पृथ्वी राजमार्ग बन्द

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here