धर्मलाई आघात पुग्ने गरी अभिव्यक्ती दिएको भन्दै विश्व हिन्दू परीषदद्वारा प्रचण्डको कडा कारवाहीको माग

३ असोज, वीरगंज । हिन्दू धर्मविरुद्ध सार्वजनिक अभिव्यक्ती दिएको भन्दै विश्व हिन्दु परिषद नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको विरोध प्रदर्शन गरेको छ ।

परिषदले आइतबार साझँ वीरगंजमा प्रचण्ड विरुद्धको नाराबाजी गर्दै उनको पुतला समेत दहन गरेको छ । शनीबार पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिड्ने तर मानिसलाई लात हान्दै हिड्ने प्रचलन रहेको बताएका थिए ।

frontline

उनले हिन्दू धर्मलाई आघात पुग्ने गरी अभिव्यक्ती दिएको भन्दै विश्व हिन्दू परीषद नेपालले कडा कारवाहीको माग गरेको छ ।

१७ हजार नेपाली जनतालाई मारेको हत्यारा प्रचण्डले सनातन हिन्दू धर्म र संसकृतिको विरुद्धमा दिएको अभिव्यक्तीको आफूहरुले कडा विरोध गर्ने प्रदर्शनमा सहभागीहरुले बताएका छन् । प्रर्दशनको क्रममा उनीहरुले हिन्दु विरोधी प्रचण्ड मुर्दाबाद, हिन्दू एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

यसअघि परिषदले जिल्ला प्रशासन कार्यलय पर्सा मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए । पत्रमा बहुसंख्यक जनताहरुको धार्मिक आस्था एवम मनोभावना माथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय र दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here