धरानस्थित वीपी प्रतिष्ठानमा एक संक्रमितको मृत्यु
१९ माघ, मोरङ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक संक्रमित पुरुषको मृत्यु भएको छ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार बुधबार बिहान धरान १० का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो।
कोभिड १९ विरुद्धको खोपसमेत लगाएका पुरुषमा माघ १३ गते पीसीआर परीक्षणको क्रममा कोरोना पोजिटिभ पुष्टि भएको थियो।
कोरोना पुष्टि भएसँगै उनको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले माघ १६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गराएका थिए।
पुरुषमा मृगौलासम्बन्धी पुरानै समस्या रहेको सहप्रवक्ता डा पोखरेलले जानकारी दिए।
यससँगै प्रतिष्ठानमा हालसम्म उपचाररत ४३५ जनाको मृत्यु भएको छ। प्रतिष्ठानमा ३० जना संक्रमितको उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्