धमाधम संकलन हुँदै मतपेटिका, आजै मतगणना शुरू हुने

४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनको लागि भएको मतदान सकिएसँगै देशभर मतपेटिका संकलनको काम शुरू भएको छ । 

निर्वाचन आयोगले राति ९ बजेबाट मतगणना शुरू गर्ने भनेको छ तर कतिपय विकट निर्वाचन क्षेत्रबाट भने मतपेटिका संकलन हुन सोमवार बिहानसम्मको समय लाग्ने भएको छ । सुगम र शहरी क्षेत्रमा आइतवारैबाट मतगणना शुरू हुनेछ । 

frontline

काठमाडौं, ललितपुर र भक्तपुरमा मतगणनाको तयारी थालिएको छ । 

काठमाडौं–१ को बानेश्वरस्थित सम्मेलन केन्द्रमा मतगणना गर्ने तयारी गरिएको छ । मतदानस्थलबाट आएका मतपेटिका बुझबुझारथको काम भइरहेको बताइएको छ । 

काठमाडौं–२ को कागेश्वरी मनोहरास्थित राधाकृष्ण मन्दिरमा गणना हुनेछ भने काठमाडौं–३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र काठमाडौं–४ को बुढानिलकण्ठ चपलीस्थित ज्येष्ठ नागरिक भवनमा गणनाको तयारी गरिएको छ ।

काठमाडौं–५ को टोखास्थित समाज भवनमा, काठमाडौं–६ को तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा, काठमाडौं–७ को बालाजुस्थित जुडो हलमा गणना हुनेछ ।

काठमाडौं–८ को स्वयम्भुस्थित गीतामाता विद्यालयमा, काठमाडौं–९ को रविभवनस्थित न्यासन कलेजमा, काठमाडौं–१० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here