धनुषा हिरासतमा एक थुनुवा झुण्डिएको अवस्थामा मृत फेला

शुक्रबार, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् ।

frontline

रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

आफ्नै भाइसँगको विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर आर्थिक कमजोर रहेका उनले धरौटी बुझाउन नसक्दा अदालतले कारागार पठाउन आदेश दिएपछि प्रहरीले कारागार लैजानकै लागि हिरासतमा राखेको थियो । सोही क्रममा उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

यद्यपि रविदासको परिवारजनले आत्महत्या नभई हत्या हुन सक्ने भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।

यसअघि पनि २७ जेठ २०७७ को राति धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका एक युवा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

सवारी ज्यान मुद्दामा पक्राउ परेका २२ वर्षीय शम्भु सदा थुनुवा कक्षभित्रै पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रहरीले यो घटनालाई पनि आत्महत्या भएको जनाएको थियो । मृतकका आफन्तले भने हत्या भएको भन्दै छानबिनको माग गर्दै आन्दोलन पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here