धनुषाको सबैलास्थित कमला नदीको बाँध पूर्ण रुपमा भत्कियो

श्रोत : ईन्टरनेट

जनकपुरधाम । सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु भएको धनुषाको सबैलास्थित कमला नदीको बाँध पूर्ण रुपमा भत्किएको छ ।

सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो ।

frontline

बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए ।

तर नियन्त्रणको सबै प्रयास असफल भएको र बाँध भत्किएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

उनका अनुसार बालुवा र मोटोको ढिस्को बनाएर बाँध निर्माण गरिएकाले भत्किएको हो ।

पानीको बहाव अहिले कम भएकाले गाउँतर्फ प्रवेश नगरेको स्थानीयले बताएका छन् । अब वर्षा भए सिधै गाउँतिर पानी छिर्ने भएको छ ।

यद्यपि प्रमुख जिल्ला अधिकारी बास्तोलाले बुधबारदेखि नै नदी नियन्त्रणको काम पूर्ण रुपमा हुन लागेको बताए ।

बाँध नियन्त्रणका लागि कमला नदी नियन्त्रण आयोजना मार्फत अर्थ मन्त्रालयले ५० लाख बजेट मंगलबार मात्रै छुट्टयाएको छ ।

यो बजेटले फुलफेजमा काम हुने र नदी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी खटिसकिएको बताउँदै उनले भने, ‘पानी आए पनि गाउँमा नछिर्ने किसिमले काम हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here