धनगढीमा जमेको पानी निकास गर्न बल प्रयोग

श्रोत : ईन्टरनेट

कैलाली । धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्न प्रहरीले बल प्रयोग गरेको छ।

उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो।

frontline

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको बताउनुभयो।

उहाँले सो क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि केही सेल अश्रुग्यास प्रहार गरिएको बताउनुभयो। सो क्रममा केही स्थानीय र प्रहरी घाइते भएको जनाइएको छ।

सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो। तर वडा नम्बर २ का बासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए।

वडा नम्बर २ का बासिन्दाले दुबै वडामा डुबान नहुने गरि समस्या समाधान हुनुपर्ने माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here