धनगढीमा कक्षा ८ को वार्षिक परीक्षामा भएका १८ विद्यालयको नतिजा शून्य

धनगढी। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका १८ विद्यालयको नतिजा शून्य आएको छ  ।

धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार नगर क्षेत्रका १७ सामुदायिक र एउटा संस्थागत गरी १८ विद्यालयका कुनै पनि विद्यार्थी ९ कक्षा पढ्न योग्य नभएका हुन् ।

frontline

उपमहानगरपालिकाको शिक्षा शाखाका संयोजक नरेन्द्रबहादुर खातीले परीक्षामा सहभागी १०६ विद्यालय मध्ये १८ विद्यालयको नतिजा निराशाजनक आएको बताए ।

उनका अनुसार पुनः उत्तरपुस्तिका जाँच र ग्रेड बृद्धिको परीक्षा हुन बाँकी रहेकाले शून्य नतिजा आएका विद्यालयले सुधार गर्ने मौका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here