धनगढीमा एक प्रहरी मृत अवस्थामा फेला

१२ माघ, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी बुधबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

frontline

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) रबिन बिष्टले सुदूरपश्चिमको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पीएसओ अर्थात निजी सुरक्षाकर्मी समेत रहेका जोशी कोठामा मृत अवस्थामा फेला परेको जानकारी दिए ।

उनकाअनुसार जोशी सन्चो नभएर आइतबारदेखि घरमै आराम गरिरहेका थिए ।

अस्वस्थताकै कारण जोशी श्रीमती र छोरासँगै टीकापुर आफन्तको विवाहमा नगएर घरमै आराम गरिरहेको परिवारबाट जानकारी आएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here