धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा

१५ मंसिर, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। कार्यालयले सूचना जारी गर्दै बिहीबार साँझ ७ बजेबाट अर्को निर्णय नहुँदासम्मका लागि निषेधाज्ञा जारी गरेको हो। 

ग्रेडरले च्यापिएर बिहीबार बिहान सवा १० बजे विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न भएको थियो। 

frontline

धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिकै आज बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरू दिनभर आन्दोलनमा उत्रिए। 

उक्त विद्यालयका विद्यार्थीले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारे। उनीहरूले दिउँसो धनगढी बजारका विभिन्न ठाउमा टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए।

जिल्ला प्रहरी कार्यालयको गेटमा टायर बालेर नाराबाजी गरेपछि प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। 

आज बिहान हसनपुर पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिँदा धनगढी उपमहानगरपालिका-५ तारानगरकी साउदको मृत्यु भएको थियो। 

चालक चितवन भरतपुर महानगरपालिका २८ वर्षीय बिमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बल प्रयोग गरेर शव  सेती प्रादेशिक अस्पतालमा लगेको छ। 

https://www.facebook.com/v5.0/plugins/comments.php?app_id=2056348108019447&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df1a957f599bdd5%26domain%3Dwww.annapurnapost.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fwww.annapurnapost.com%252Ff299fdf146603ac%26relation%3Dparent.parent&container_width=538&height=100&href=https%3A%2F%2Fannapurnapost.com%2Fnews%2Findefinite-injunction-in-dhangadhi-219129&locale=en_US&numposts=5&sdk=joey&version=v5.0&width=

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here