द. कोरियामा खोप लगाउनेको दर उच्च, खोप लगाएको ६ महीनापछि जेष्ठ नागरिक पुन: संक्रमित

३ मङ्सिर, दक्षिण कोरिया । दक्षिण कोरियामा खोप लगाउनेको संख्या उच्च रहेको भए पनि कोभिड-१९ बिरामी तीव्र रुपमा बढिरहेका छन् ।

‘खोप लगाउनेको दर उच्च रहेको भए पनि खोप लगाएको ६ महीनापछि जेष्ठ नागरिक संक्रमित भइरहेको पुष्टि गरेका छौं’, दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम निकायले भनेको छ, ‘डेल्टा भेरियन्टका कारण इम्युनिटी घट्दा र समय क्रमसँगै खोपको थप आवश्यकता देखिएको छ ।’

frontline

पछिल्लो विवरण अनुसार दक्षिण कोरियामा हालसम्मकै धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार हालसम्मकै धेरै मानिस अर्थात् ३ हजार २९२ जनामा कोरोना भाइरस पुष्टि भएको रोग नियन्त्रण तथा रोकथान निकायले जनाएको छ ।

कोभिड-१९ सम्बन्धी प्रतिबन्ध खुकुलो पारेको दक्षिण कोरियामा पछिल्लो समय संक्रमण ह्वात्तै बढेको छ । यसै महिनाको सुरुमा ७० प्रतिशतभन्दा बढी जनसंख्याले खोप लगाएपछि सामाजिक दूरीसम्बन्धी प्रतिबन्ध हटाएपछि संक्रमण दर बढ्न थालेको अधिकारीहरूले बताएका छन् ।

दक्षिण कोरियामा हालसम्म ७८.५ प्रतिशतले पूर्ण रुपमा कोरोना खोप लगाइसकेका छन् । यसमध्ये ९० प्रतिशत वयस्क छन् । बिहीबारमा त्यहाँ कोरोनाका गम्भीर बिरामीको संख्या ५०२ रहेको छ । बुधबार गम्भीर बिरामीको संख्या हालसम्मकै धेरै अर्थात् ५२२ पुगेको थियो ।

कोभिडका गम्भीर बिरामीमध्ये ६० वर्षमाथिका मानिसको संख्या ८२ प्रतिशतभन्दा बढी छ । युवायुवतीभन्दा निकै कमजोर हुने र समयसँगै खोपको रोग प्रतिरोधी क्षमता घट्दै जाने भएकाले वृद्धवृद्धाहरू संक्रमणको जोखिममा रहेको समाचारमा उल्लेख छ ।

सरकारले जारी गरेको विवरण अनुसार खोप लगाएपछि समेत पछिल्लो ८ हप्तामा देखिएका गम्भीरमध्ये ६० वर्षमाथिका मानिसको संख्या ९३ प्रतिशत छ ।

हालसम्म कोरियामा कुल ३ लाख ८५ हजार ६३१ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । त्यस्तै, कोभिड संक्रमणबाट अहिलेसम्म ३ हजार १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here