दोहोरो अंकले बढ्यो सेयर बजार, १ अर्ब ३१ करोड २९ लाखको कारोबार

२ साउन, काठमाडौं ।  सेयर बजार दोहोरो अंकले बढेको छ। 

अघिल्लो कारोबार दिन आइतबार १.९३ विन्दुले बढेको नेप्से आज १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा अडिएको छ।

frontline

बजार दोहोरो अंकले बढेपनि कारोबार रकम भने खासै वृद्धि भएको छैन।

यसदिन २११ कम्पनीको  ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको छ। 

आइतबार १ अर्ब २३ करोड २४ लाख  बराबरको सेयर कारोबार भएको थियो।

आज सेन्सेटिभ इन्डेक्स २.८३ प्रतिशतले बढेर ३८८.७६ विन्दुमा पुगेको छ।

यसदिन दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत हाराहारीले बढेको छ। बरुणा हाइड्रो पावरको ९.९८ र इमर्जिङ नेपालको ९.६२ प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ३४ लाख बढीको सेयर कारोबार भयो। यस्तै, एसियन लाइफ इन्स्योरेन्स ७ करोड ३९ लाख बढीको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।

कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक बढ्यो भने २ को घट्यो।

यसदिन होटल्स एन्ड टुरिजमको सूचक सर्वाधिक ४.९३ प्रतिशतले बढ्यो। 

अदर्श समूहको सूचक २.०८ प्रतिशतले बढ्दा इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स,माइक्रो फाइनान्स,फाइनान्स,मनु एन्ड प्रो, नन लाइफ इन्स्योरेन्स र हाइड्रो पावरको सूचक १ प्रतिशत बढीले वृद्धि भयो।

ट्रेडिङ र म्युचुअल फन्डको सूचक क्रमश ० र ०.२७ प्रतिशतले ओरालो लाग्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here