दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
१८ माघ, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १९ दशमलव २९ अंकले बढेर दुई हजार ८९१ दशमलव ३३ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९८ अंकले बढेको छ ।
कारोबार खुलेसँगै मंगलबार बजार घट्ने क्रम शुरू भएको थियो । मध्यान्ह १२ बजेपछि बिस्तारै उकालो लागेको नेप्से परिसूचक त्यसपछि पनि तीव्र उतारचढाव देखियो । अन्तमा कारोबार बन्द हुँदा बजार बढेर बन्द भयो ।
बजार बढेसँगै शेयर बजारको पुँजीकरण पनि ४० खर्ब ८६ अर्ब नाघेको छ । मंगलबार कारोबार रकम पनि राम्रै देखियो । कारोबार रकम साढे ६ अर्ब नाघेको छ ।
दिनभर भएका ८० हजार ८२९ कारोबारबाट एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्