दोहोरो अंकले घट्यो सेयर बजार
१६ फागुन, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
कारोबारको सुरुवाती केही घण्टा बढेको बजार अन्ततः ४३.१२ अंकले घटेर २६१०. ५८ को बिन्दुमा आएको छ ।
सोमबार कारोबारमा आएका सबै उपमसमूह राताम्मे रह्यो । दोस्रो बजारमा कारोबारमा आएका २२७ कम्पनीमध्ये ७ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।
सोमबार कुल कारोबार रकम ३ अर्ब ६६ करोडमा सीमित हुँदा तनहुँ पावर कम्पनी र सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य सर्किट लेवलमा घट्दा लगानीकर्ताले धेरै गुमाए ।
प्रतिक्रिया दिनुहोस्