दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते चुनाव

१२ मंसिर, काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १६ गते पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निश्कर्षसहित पुनः मतदान गराउन निर्देशन दिएको थियो । 

आयोगले मंसिर १५ गते भित्र चुनाव गराउन भनेपछि १५ गते नै चुनाव हुने गरी निर्वाचन आयोगले मिति तोकेको हो । 

frontline

दोलखाका विभिन्न मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेको भन्दै नेकपा एमाले दोलखाले मत गणना हुन दिएको थिएन । त्यसपछि निवार्चन आयोगको टोली पठाएर स्थलगत अध्ययन गर्न लगाएको थियो । 

निर्वाचन आयोगले खटाएको टोलीले स्थलगत अध्ययनपछि गरेको सिफारिसका आधारमा बैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा पुनः मतदान गर्न आयोगले निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका थिए । 

अध्ययन टोलीको सिफारिसको आधारमा आयोगका आयुक्त रामप्रसाद भण्डारीले आयोगको बैठकमा दोलखाका १० मतदान केन्द्रमा पुनः चुनाव हुनुपर्ने प्रस्ताव पेश गरेका थिए ।

अब वैतेश्वर गाउँपालिका वडा नम्बर ६ बैतेश्वर माध्यामिक विद्यालय मतदान केन्द्र क, ख र गमा फेरि चुनाव हुने भएको छ । 

त्यसैगरी, वडा नम्बर २ जनज्योती माविका दुई मतदान केन्द्र र तामाकोशी गाउँपालिका–३ को जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा फेरि चुनाव हुने भएको छ । 

बैतेश्वर गाउँपालिकाकै कालिढुंगा माध्यामिक विद्यालयको क, ख र ग मतदान केन्द्रमा फेरि मतदान हुने निर्णय निर्वाचन आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here