दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक रहेको आपूर्ति विभागद्धारा जानकारी

चामल, दाल, चिनी जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक उपभोग्यवस्तुहरु पूर्णरुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्ने गरी बजारमा स्टक रहेको बताउनुभयो ।

महानिर्देशक पौडेलले बजारमा खाद्य पदार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उहाँले उपभोक्तालाई आवश्यकताभन्दा बढी सञ्चय नगर्न आग्रह गर्नुभयो । दैनिक उपभोग्य वस्तुहरुको अस्वाभाविक मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने उहाँले बताउनुभयो ।

frontline

दैनिक उपभोग्य वस्तुहरु, मास्क, स्यानिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उहाँको भनाइ छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपूर्तिको समस्या नभए पनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वाभाविक रुपमा मूल्यवृद्धि भइरहेको बताउनुभयो । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित कारागारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

poster-here