देशी विदेशी शक्तिको योजनामा पार्टी फुट्योः नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीबीचको एकता आवश्यक रहेको बताएका छन्।

नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको उनले बताए।

frontline

विगतमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकीकरण गरिएको भए पनि देशी विदेशी शक्तिको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको आरोप छ।

पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्‍याउन नसक्नु पनि कमजोरी भएको उनले बताए। कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाई छ।

‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ। पार्टी एकता एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर रुप र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पुर्‍यायो, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ।

अब हामीले फेरि कम्युनिष्टलाई कसरी एकताबद्ध गर्ने?,’ उनले भने, ‘तर वैचारिक राजनीतिक कार्यदिशालाई सहि ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here