देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, एक / दुई स्थानमा हल्का वर्षा

फाइल तस्बिर

२ पुस, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागहरुमा आंशिक बदली रहेको छ।

frontline

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भू–भागहरुमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here