देशमा अस्थिरता रोक्ने अफगानी राष्ट्रपति घानीको प्रतिबद्धता

फ्रन्टलाइन विश्व । अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिबान समूहले तिव्र गतिमा फैलाएको आतंकवादी गतिविधिलाई नियन्त्रण गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।
अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिबान समूहले नियन्त्रणमा लिएको भन्ने समाचार आइरहेका समय उनको यो भनाई आएको हो । उनले द्वन्द्वग्रस्त आफ्नो देशमा राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


शनिबार जारी सम्बोधनमा घानीले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने र अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् त्यसकारण अफगानिस्तानका जनताको थप कष्ट रोक्न आफुले जस्तोसुकै परिस्थितिको सामना गर्ने बताएका छन् । वर्षौंदेखि द्धन्दको चपेटामा परेको अफगानिस्तानमा पछिल्लो समय थप हिँसात्मक गतिविधि बढिरहेका छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here