देशभर सामान्य बदली रही धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

६ असार,काठमाडौं । हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको महाशाखाकाे भनाइ छ ।

frontline

साेमवार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, मधेश प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, साेमवार राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here