देशभर गॉजा सचेतना अभियान सुरु
पुर्व सचिव भिम उपाध्यायको नेतृत्वमा सचेतना अभियान सुरु भएको छ ।
२४ घण्टामा देशभर ठुलो नेटवर्क निर्माण गरेका छन् ।
२४ घण्टामा ७६ जिल्ला अभियान सुरु भएको उनले जानकारी दिए ।
मुस्ताङ बाहेक देशभरका सबै जिल्लामा सचेतना अभियान सुरु भएको छ।
त्यस्तै सबै युवा उसाहजनक भएको पाईएको छ ।
सामाजिक सन्जालमा निकै सक्रिय उपाध्यायको अपिल संगै देशभर नेटवर्क निर्माण भएकाे हाे।
सामाजिक सन्जालमार्फत गाँजालाई बैधानिकता दिन दवाव दिदै आएका उपाध्यायले गाँजा सचेतना अभियान नाममा देशभर नेटवर्क निर्माण गरेका हुन् ।
गाँजा मार्फत नेपालीको जिवनस्तर उकास्न सकिने भन्दै यसलाई बैधानिकता दिई लाँखौ युवाहरुलाई स्वरोजगार बनाउन सकिने र बददो बेरोजगारी कम गर्न सकिने उपाध्यायको दावी छ ।
उपाध्यायले शुरु गरेको अभियानमा देशभरबाट युवाहरुले स्वतस्फुर्त साथ दिएका छन् ।
उपाध्याय युवाहरुमाझ लोकप्रिय छन् ।
प्रतिक्रिया दिनुहोस्