देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मंगलबार, काठमाडौं । मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

frontline

राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here