देशभर आंशिकदेखि सामान्य बदली, पहाडी भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना

१९ असार,काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल बिहानै देखि देशका धेरै जसाे भूभागमा सामान्य वर्षा भइरहेकाे महाशाखाकाे भनाइ छ ।

frontline

आइतवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ ।  देशका पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here