देशभरका १८ उच्च अदालतमा कानुन व्यवसायीको धर्ना

फाइल तस्बिर

८ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना दिएका छन्।

उनीहरुले बुधबार बिहान कार्यालय समयमा धर्ना दिएका हुन् । बार विगत एक महिनादेखि प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै आन्दोलनमा छ ।

frontline

यसअघि बारले राजनीतिक दलका नेताहरुलाई प्रधानन्यायाधीशमाथि १७ बुँदे आरोपत्र लगाउँदै ज्ञापनपत्र बुझाइसकेको छ।

बारसहित विभिन्न पेशागत संगठनहरुले भोलि (बिहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here