देशको लागि राजा र हिन्दु राष्ट्रको पुर्नस्थापना आवश्यक छ : लोकेन्द्रबहादुर चन्द

१५ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले देशको लागि राजा र हिन्दु राष्ट्रको पुर्नस्थापना आवश्यक रहेको बताएका छन् ।

राप्रपाको काठमाडौंमा जारी महाधिनेशनमा बोल्दै पूर्वप्रधानमन्त्री चन्दले अहिलेको स्थितिबाट जनता सन्तुष्टि नभएको सो बताएका हुन् ।

frontline

‘राष्ट्रीय अखण्डता र सार्वभौमिकता कायम राख्नु हाम्रो संकल्प हो । समृद्धिका लागि निरन्तर प्रयास गर्ने पनि हाम्रो संकल्प हो । देशका लागिराजा र हिन्दु राष्ट्रको पुर्नस्थापना हुनुपर्छ ।’ चन्दले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here