देशका छुट्टाछुट्टै ठाउँमा ५ जना मृत फेला
१० माघ, काठमाडौं । देशका विभिन्न ठाउँमा ५ जना मृत फेला परेका छन् ।
संखुवासभा, पर्वत, मोरङ, लमजुङ र डोटीमा एक-एक जना मृत फेला परेका हुन् ।
संखुवासभा, चैनपुर नगरपालिका-१ सिङरिङ बस्ने ३० वर्षीय दोर्जी शेर्पा सोही ठाउँस्थित अलैची बारीमा आइतवार मृत अवस्थामा फेला परेका छन् ।
पर्वत, जलजला गाउँपालिका-८ स्थित कालिगण्डकी नदीमा म्याग्दी रघुगंगा गाउँपालिका-६ पाखापानी बस्ने ३० वर्षीय मन बहादुर छन्त्याल आइतवार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, केराबारी गाउँपालिका-८ स्थित हजारबिघे सामुदायिक वनमा सोही गाउँपालिका-८ बस्ने २६ वर्षीय बाबुराम भट्टराई आइतवार मृत अवस्थामा फेला परेका छन् ।
लमजुङ, दुधपोखरी गाउँपालिका-२ भुम्लिचोक बस्ने २१ वर्षीय कमल कामी सोही ठाउँ ढाक्रेसोतीस्थित खोल्सामा आइतवार मृत अवस्थामा फेला परेका छन् ।
डोटी, केआईसिंह गाउँपालिका-६ बस्ने २० वर्षीया हरीना भाट सोही ठाउँस्थित रउताने खोलामा आइतवार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्