देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा

४ असोज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

आज (मंगलबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, देशका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

frontline

मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here